एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं. २६ लाई हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि खुला गरिएको छ ।यो परियोजना पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको […]

सम्बन्धित सामग्री

एनसेलद्वारा लैनचौर मैदान पुनर्निर्माण सम्पन्न

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको लैनचौर मैदान पुनर्निर्माण गरी काठमाडौं महानगरपालिका वडा नं. २६ लाई हस्तान्तरण गरेको छ । ५४ हजार नौ सय २१ वर्गफिट क्षेत्रमा फैलिएको मैदानमा ७ ‘ए’ साइटको मिनी...

एनसेलले लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गर्‍याे

काठमाण्डाै - एनसेलले आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ। विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं। २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि खुला गरिएको छ ।  यो परियोजना पूर्ण रूपमा वडा नं। २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको हो । नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा गत शनिबार...

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सीएसआरअन्तर्गत काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपछि काठमाडौं महानगर–२६ लाई उक्त मैदान हस्तान्तरणसँगै सर्वसाधारणका लागि लागि खुला गरिएको छ । यो परियोजना महानगरको वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिका खेल्ने क्षेत्र, ५० रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । स्थानीय समुदाय र वडा–२६ को आग्रहअनुसार एनसेलले मैदानको आगामी २ वर्षसम्म मर्मतसम्भार गर्नेछ । मैदानमा अन्तरराष्ट्रिय स्तरको एस्ट्रोटर्फ बिच्छ्याइ मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको एनसेलले बताएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीको छ । मैदानको स्तरोन्नति तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगर–२६ बीच गत वर्ष सम्झौता भएको थियो । ‘जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा कम्पनीले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने । काठमाडौं महानगर–२६ का वडाध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले उत्साहित भएको प्रतिक्रिया दिए । ‘यो मैदान समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँ संरक्षणमा  योगदान पुर्‍याएको छ’, उनले भने । जनवाचनालय र पुस्तकालय, लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजकले पुनर्निर्माणपछि अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानका रूपमा परिवर्तन भएको बताए ।