सर्वोच्चमा आइतबार १० इजलास तोकियो, प्रधानन्यायाधीशको बेञ्च तोकिएन

सर्वोच्च अदालतमा आइतबार १० वटा इजलास तोकिएको छ । ती कुनै पनि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन् ।नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आइतबार घेराउ गर्दैछ । बारले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ । सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरे पनि आइतबार विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ ।

सम्बन्धित सामग्री

बार र बेञ्चको तहमा पुग्यो कर्मचारी कुटपिटको घटना

१७ असार, काठमाडौं । चार दिनअघि जिल्ला अदालत ललितपुरमा कर्मचारी र कानुन व्यवसायीबीच कुटपिटको घटना बार र बेञ्च तहसम्म पुगेको छ । एक अर्कामाथि आरोप लगाएका उनीहरुले आ–आफ्नो तहबाट विरोधका कार्यक्रम चर्काउन थालेका छन् । अदालतका कर्मचारी ट्रेड युनियनहरुले आइतबार १ बजेसम्म कलम बन्द गरेर कतिपय अदालतमा मुद्दाको सुनुवाइ नै प्रभावित पारेका छन् । त्यसको […]

सर्वोच्चमा आज पनि धर्ना, चोलेन्द्रले मागे ‘ग्रेसफूल एक्जिट’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरुले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेका थिए । केही दिनदेखि बेञ्च बहिस्कार गर्दै आएका न्यायाधीशहरुले  आइतबार

टेकु अस्पतालमा फेरि बढ्यो संक्रमितको चाप

९ जेठ, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमितको चाप फेरि बढेको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालमा आइतबार एक्कासी संक्रमितको चाप बढेको बताए । ‘अस्पतालमा आइतबार एक्कासी संक्रमितको चाप बढेको छ,’ उनले भने, ‘१९ जना बिरामीलाई अस्पतालको बरण्डामा कुर्ची, बेञ्च तथा भुइँमा राखेर उपचार गरिरहेका छौं ।’ अस्पतालमा […]