प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरुले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेका थिए । केही दिनदेखि बेञ्च बहिस्कार गर्दै आएका न्यायाधीशहरुले आइतबार