गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि तीव्र रुपमा कोभिड–१९ संक्रमण वृद्धि भएपछि स्थानीय प्रशासनले शनिबारदेखि ‘स्मार्ट लकडाउन’ गर्ने भएको छ । यसअघि मेला महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिँदै गएकाले शनिबारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक ल