आज मिति २०७९ साल पुस महिनाको ७ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।सांसदहरुको शपथप्रतिनिधि सभाका सदस्यहरूले बिहीबार शपथग्रहण गरेका छन् । प्रतिनिधि सभाका सबै सदस्यहरूले संसदका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराबाट शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य जबराले भने बुधबार राष्ट्रपतिबाट शपथ लिनुभएको थियो । संसदमा ८९ जना सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने