मानव बेचविखन गरेको आरोपमा नृत्य निर्देशक (कोरियोग्राफर) विश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१० घर भएका ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुराग कुमार द्धिवेदीले रातोपाटीलाई बताए ।उनी विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका नृत्य केन्द्रहरुमा नाच प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । घिमिरेले नाच सिकाउँदा चिनजान भएकी १९ वर्षीया किशोरीलाई २०७० फागुन ४ मा काठमाडौंबाट भारतको बैंगलौर लगेर बेचेक