काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
आज दिउँसो ३ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन्।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो। तर मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन।