काठमाठौं : नेपाल कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता अघि आफ्नो घरेलु मैदान कीर्तिपुरमा वार्मअपुका लागि मैदान प्रवेश गर्दानै दर्शकहरुको चिचाहट सुरु भइहाल्छ। अन्य समय जस्तो हुन्थो भने स्वभाविक रुपमा कीर्तिपुर मैदान भरीभराउ हुन्थो।
तर कोरोना कहर बिच मैदानपुगेका दर्शकले शनिबारबाट सुरु भएको त्रिकोणात्मक सिरीजमा पनि आफ्नो सोही छवि कायम राखे। बाजागाजा सहित संधै नेपाललाई चियरअप गर्न पुग्ने दर्शक कोरोना कहरबिचपनि टीयु मैदानमा उपस्थित छन्।
सीमित दर्शकको साथ भए पनि टियु मैदानमा खेलाडीलाई हौस्याउन कुनै कसर बाँकी राखेनन्। दर्शकले त्य...