बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन

चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ‌ओलम्पिकको उद्घाटन भएको हो। महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुनेछन्। यसअघि बेइजिङ आयोजक समितिका उपाध्यक्ष याङ शुआनले सन् २०२२ को शीतकालीन […]

सम्बन्धित सामग्री

बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर

काठमाडौं । कोभिड–१९ को महामारीको समयमा शीतकालीन ओलम्पिकको आयोजना गर्नु अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ । ४ देखि २० फेब्रुअरीसम्म चीनको राजधानी बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिक यतिबेला राजनीतिक टक्करका कारण पनि चर्चामा छ । संयुक्त राज्य अमेरिका र पश्चिमका केही देशले मानवअधिकार उल्लघंनको आरोप लगाउँदै कूटनीतिक बहिस्कारको घोषणा गरेपछि ओलम्पिकमा राजनीतिक रंग देखिएको हो । […] The post बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलम्पिकको मुखैमा चीनद्वारा थप कोभिड प्रतिबन्धहरु लागू

बेइजिङ । विन्टर ओलम्पिक सुरु हुन दुई साताभन्दा पनि कम समय बाँकी रहँदा कोभिड-१९ को केही घरेलु संक्रमण देखिएपछि राजधानी बेइजिङमा प्रतिबन्धहरुको घोषणा गरिएको छ । जनवरी २२ मा बेइजिङमा ९ वटा कोभिड केसहरु देखिएका थिए । जसमध्ये ६ वटा सहरको फेङताइ जिल्लाका थिए । फेङताइले स्थानिय बासिन्दाहरुको नुक्लेइक एसिड परीक्षण गर्ने भएको छ । […]

सफललाई केल्मीको प्रायोजन

काठमाडौं, (नेस) । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले स्की पोसाक प्रायोजन गरेको छ । शीतकालीन ओलम्पिकको तयारीका लागि श्रेष्ठ इटाली जाने भएका छन् । बेइजिङ विन्टर ओलम्पिक खेल २०२२ फेब्रुअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ ।

स्की खेलाडी सफलरामले इटलीमा तयारी गर्ने

२२ मंसिर, काठमाडौं । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठ सन् २०२२ को शीतकालीन ओलम्पिकको तयारीका लागि इटाली जाने भएका छन् । सफलराम बिहीबार इटली जाने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । बेइजिङ विन्टर ओलम्पिक २०२२ फेब्रुअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ । एनओसीका अनुसार सफलरामले इटालीको पगानेला स्की रिसोर्टमा प्रशिक्षण गर्नेछन् । […]

अमेरिकाबाट बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार, कोही अधिकारी उपस्थीत नहुने

अमेरिकाले बेइजिङ विन्टर ओलम्पिक औपचारिक रुपमा बहिष्कार गरेको घोषणा गरेको छ । अमेरिकाले राष्ट्रपति जो बाइडेन वा अन्य कुनै सरकारी अधिकारीहरु आगामी फरबरीमा हुने बेइजिङ ओलम्पिकमा नपठाउने ह्वाइट हाउसले सोमबार घोषणा गरेको छ । चीनको मानवअधिकारी उल्लंघनप्रति असन्तुष्ट अमेरिकाले यस्तो कदम चालेको हो । कूटनीटिक रुपमा बहिष्कार गरेपनि अमेरिकन खेलाडीहरुलाई भने ओलम्पिकमा भाग लिनबाट रोकिने […]