विश्व बैंकले नेपाललाई एक सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
कोभिड–१९ महामारीपछि समस्यामा परेको शैक्षिक र स्वास्थ्य क्षेत्रलाई उकास्न भन्दै विश्व बैंकले ऋण उपलब्ध गराएको हो।
नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंक निर्देशक फरिस हदाद जेरभर्सले उक्त ऋण स्वीकृत गरेका हुन्।
बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्नेछ।