काठमाडौं । राष्ट्रियसभाकी सदस्य डा. विमला राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी छन् । मंगलबार भएको राष्ट्रियसभा बैठकको शून्य समयमा उनले भिसा लिन जाने क्रममा पर्यटनमन्त्री श्रेष्ठले सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् । सांसद राईले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य भएको बताइन् । […]