पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ । नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करीब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिए। बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ…