जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा मुख्यमन्त्री राउत पत्नी जलेखाको उम्मेदवारी

१३ वैशाख, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नी पत्नी जलेखा खातुनलाई पर्साको जगरनथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री राउतकी पत्नी जलेखाले सोमबार उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् । मुख्यमन्त्री राउतले आफ्नी पत्नी जलेखालाई उम्मेदवार बनाउने निश्चित भएपछि जगरनथपुर गाउँपालिकाबाट निर्वाचित उपाध्यक्ष बिस्मिल्लाह खातुनले जसपा परित्याग गरेकी थिइन् […]

सम्बन्धित सामग्री

पर्साको गाउँपालिका उपाध्यक्षमा मुख्यमन्त्री पत्नीसहित ११ जनाको उम्मेदवारी

पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुनसहित ११ जनाले उम्मेदवारी दिएका छन् । मुख्यमन्त्री राउत पत्नी खातुनले जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिका उपाध्यक्षमा मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत राज कुशहवाले जनाए ।‘मुख्यमन्त्री पत्नी खातुनले उम्मेदवारीको पहिलो दिन नै तेस्रो नम्बरमा मनोनयन दर्ता गर्नुभएको हो,’ उनले भने । जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका तर्फबाट मिरा देवी कुर्मी, नेपाली काँग्रेसबा