फोहोरका गाडी सिसडोल पुगे, बञ्चरेडाँडा लैजान प्रहरीको प्रतिक्षा

१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका छन् । बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्‍याउन गाह्रो छ […]

सम्बन्धित सामग्री

काठमाडौँबाट गएका फोहोरका गाडीहरू बञ्‍चरेडाँडा पुगे

काठमाडौँ- प्रहरीको सहयोगमा काठमाडौँबाट फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगेका छन् । बिहीबार  काठमाडौँ महानगरपालिका, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर ग्रुपको ६० वटा फोहोरको गाडी सिसडोल तर्फ गएको थियो । फोहोर गाडीहरु बिना अवरोध बञ्चरेडाँडा डाँडा पुगेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन ...

काठमाडौँबाट गएका फोहोरका गाडीहरू बञ्‍चरेडाँडा पुगे

काठमाडौँ- प्रहरीको सहयोगमा काठमाडौँबाट फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगेका छन् । बिहीबार  काठमाडौँ महानगरपालिका, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर ग्रुपको ६० वटा फोहोरको गाडी सिसडोल तर्फ गएको थियो । फोहोर गाडीहरु बिना अवरोध बञ्चरेडाँडा डाँडा पुगेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन ...

फाेहरका गाडी नराेक्नुहाेस्, आउनुहाेस् सबै बसेर छलफल गराैँ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डाै उपत्यकाकाे फाेहर विसर्जनमा पार्टीकाे तर्फबाट अवराेध नगर्न आग्रह गर्नुभएकाे छ । केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फाेहर विसर्जनका क्रममा अवराेध भइरहेकाे भन्दै उहाँले यस विषयमा हल खाेज्न मद्दत गर्न आग्रह गर्नुभएकाे हाे ।  उहाँले भन्नुभएकाे छ, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाकाे नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्...

काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए, प्रहरी पुग्दै

काठमाण्डाै – काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थाप...

स्थानीयको अवरोधकै बीच बञ्चरेडाँडा पुगे फोहोर बोकेका गाडी

३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए । मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध गरेका थिए । गाडीले बञ्चरेडाँडा […]

महानगरको फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीमाथि तोडफोड भएको छ।फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा राखिएको फोहोरको गाडी तोडफोड गरिएको हो। महानगर वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले गाडी राति ९ बजेतिर तोडफोड भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताइन् ।

२ दिन काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । बर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ ।

बालाजुहुँदै बञ्चरेडाँडा जाने फोहरका गाडी रोक्ने रामवीर मानन्धरकाे चेतावनी

सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिका वडा नम्बर १६ हुँदै सिसडोल र बञ्चरेडाँडामा फोहर जान नदिने चेतावनी दिएका छन्

सिसडोलवासी आन्दोलनमा उत्रिएपछि फोहोरका गाडी रोकिए (फोटोफिचर)

काठमाडौं, २५ फागुन । सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबित क्षेत्रका स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलका स्थानिय बासिन्दाहरु अन्तिम संघर्ष भन्दै पुनः आन्दोलन उत्रेका हुन् । काठमाडौबाट फोहोर बोकेर गएका गाडीहरु रोकिएका छन् । उनीहरुले फोहोरमा राजनीति गर्नेहरु होशियार, फोहोर रहित मानव मानव रहित फोहोर, फोहोर हामीलाई चाहिदैन् जनता […]

बञ्चरेडाँडा ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माण

काठमाडौं । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ तयार भएको छ । शहरी विकास मन्त्रालयले उक्त ल्याण्डफिल साइटको पहिलो सेल निर्माण सम्पन्न भएको बताएको हो । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ । मन्त्रालयसँग सम्बन्ध रहेको उक्त सेल निर्माण सकिएको र अन्य काममा आफ्नो जिम्मेवारी नरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए । कामपासँग समन्वय गरी फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा कामपासहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर बञ्चरेडाँडा पुग्ने बताइएको छ । तत्काल फोहोर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले बताएको छ । बञ्चरेडाँडामा दीर्घकालीन फोहोर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन । यता, कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरूलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सकिनेबारे औपचारिक जानकारी नआएको बताउँछन् । बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनः फोहोर व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । समन्वयविना फोहोरको गाडी बञ्चरेडाँडा जाँदा स्थानीयले अवरोध गर्ने भन्दै स्थानीय र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीन रूपमा फोहोर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ । १८ दिनपछि गत बुधवारदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर उठ्न थाले पनि सबै स्थानको फोहोर सझैसम्म व्यवस्थापन हुन सकेको छैन । नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौं उपत्यकाको स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । लामो समयदेखिको फोहोर संकलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । ३ दिनभित्र यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने बताइएको छ । अहिले साविकअनुसार फोहोर व्यवस्थापनको काम भइरहको छ । ‘धेरै दिनको एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमित रूपमा फोहोर उठिरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘रोकिएको समयमा करीब १५ हजार मेट्रिकटन फोहोर जम्मा भएको छ ।’ सिसडोलमा २०६२ सालमा २ वर्षको मात्र फोहोर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म फोहोर व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लैजाने गरिएको छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ । रासस