स्कटल्यान्डमा बनेको ह्विस्कीको एक अनौठो बोतल लगभग १७ करोड रुपैयाँमा बिकेको छ ।
यस सिंगल माल्टलाई पवित्र ह्विस्की भनिने गरिएको छ । स्कटल्यान्डको एक अन्लाइन सेलमा मकालान १९२६ को ६० वर्ष पुरानो बोतल बिक्री भएको छ ।
मोरे डिस्टिलरीको विशेष कास्क नम्बर २६३ बाट ह्विस्कीका १४ वटा विशेष बोतल बनाइएको थियो । ती १४ मध्ये एक बोतल १७ करोडमा बिकेको हो ।
विशेष कास्क नम्बर २६३ लाई संसारको सबभन्दा प्रख्यात ह्विस्की कास्क मानिन्छ । ह्विस्की तयार पार्नका लागि यस कास्कमा सामग्रीहरू सन् १९२६ मा नै राखिएको थियो । त्यसको ६० वर्षपछि ...