काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएका छन्। चार बजेका लागि बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन्। समसामयिक विषयमा छलफल गरेर राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारूढ दलको बैठक बोलाइएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।प्रधानमन्त्री देउवाले संसदमा देखिएको अवरोध हटाउने र अमेरिकी परियोजना एमसिसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। सभामुख अग्निप्रसाद सापक