काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो (मङ्गलवार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनी अहिले निवासमै आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।