काठमाडौं : सर्वोच्च अदालतका सबै न्यायाधीश नियमित इजलासमा फर्किएका छन्। बिहीबार बसेको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्देशिका पारित गरेसँगै न्यायाधीशहरु काममा फर्किएका हुन्।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि तोकेका प्राय: सबै इजलासमा मुद्दाको सुनुवाइ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले आज आफूलाई बाहेक एउटा एकल र ९ वटा संयुक्त गरी १० वटा इजलास तोकेका थिए।न्यायाधीश नहकुल सुवेदीको एकल इजलास भने बस्न नसकेको अदालतले जनाएको छ। न