एमालेभित्र बढ्दो तिक्तताका बीच आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकिएको छ ।
राजधानीको एक पाँचतारे होटलमा वार्ता भएको हो । वार्तामा दुबै नेताले आ–आफ्नो कुरा राख्नुका साथै पार्टीमा मिलेर जानुपर्ने विषयमा छलफल भएको बुझिएको छ ।
बैठकमा नेपालले ओलीलाई पार्टीलाई मिलाएर लैजाने जिम्मेवारी अध्यक्षको भएको भन्दै विश्वासको वातावरण तयार गर्न आग्रह गरेका थिए । बैठकमा अन्य ठोस सहमति भए–नभएको बारे खुल्न बाँकी रहेको छ ।