ओली-नेपालबीचको वार्ता सकियो, वार्ता सकारात्मक भएको दावी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको आकस्मिक वार्ता सकिएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा भएको वार्ता सकारात्मक भएको बताइएको छ। ‘दुवै नेता हँसिलो देखिनु भएको छ। सकारात्मक भएको रुपमा बुझ्न सक्छौँ। मैले वार्ताको पहल गरेको होइन। म दर्शक…

सम्बन्धित सामग्री

विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दावी

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई

एमाले एकता बचाउने कसरत जारी, वार्ता सकारात्मक रहेको दावी

सत्तारुढ दल नेकपा (एमाले) को एकता बचाउने दोस्रो पुस्ताका नेताहरुको प्रयास जारी छ । वार्ता सकारात्मक दिशामा उन्मुख रहेकाले चाँडै केही परिणाम आउने विश्वास पनि वार्तामा सहभागी नेताहरुको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत आइतबार अपरान्ह ६ बुँदे प्रस्तावसहित एकताको आव्हान गर्नुभएको थियो । त्यसको अर्को दिन नेता माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरुसँग आवश्यक परामर्श गरी सोमबार अपरान्ह छ बुँदे प्रस्तावमै अध्यक्ष ओलीको आव्हानबारे टिप्पणी र खण्डन गर्नुभयो ।

एमाले नेताहरुबीचको वार्ता : २०७५ जेठ २ मा फर्कने, कार्यदलको जिम्मा ओली-नेपाललाई

काठमाडौं : नेकपा एमालेका नेताहरुबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी नेताहरुले दावी गरेका छन्। वार्ता निष्कर्शमा भने नपुगेको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। सिंहदरवारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच वार्ता भएको थियो। उक्त वार्तामा कार्यदलबारे टुंगो लगाउने…