काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन्। बुधबार बसेको संसद बैठकमा बोल्दै थापाले सो कुरा बताएका हुन्।
थापाले काठमाडौँ महानगरपालिका, सहरी मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर उठाउने र व्यवस्थापनका क्षेत्रमा काम गरिरहे पनि पर्याप्त नभएको नभएको भन्दै प्रधानमन्त्री ले नै पहल गर्नुपर्ने थापाको भनाई छ।