काठमाण्डाै - ८७ दिनको अबुधाबीमा रहेको केन्द्रीय कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा हुनु भएको छ ।
नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो ।
पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे), आरएसएफ, यूएई पत्...