नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पाला देखिनै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाएका छन् ।
'सुशीला कार्कीले पहिलेनै संविधानको बर्खिलाप गर्नुभएको छ,' ओलीले भने,'संविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यबस्था उल्लेख गरिएको छ ।
त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका ४ जना न्यायाधीश समेत ५ जना रहने व्यबस्था रहेपनि कार्कीले आफ्नो इच्छा अनुसार संवैधानिक इजलास बनाएको उनको आरोप रहेको ...