नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अहित हुने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न नेताहरूलाई आग्रह गरेका छन् ।
ओलीले फेरि पनि पालो आउने भन्दै हतारोका साथ प्रतिस्पर्धा नगर्न आग्रह गरे ।
एमाले दशौं महाधिवेशनको बन्दसत्रलाई शनिवार चितवनको सौराहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले महाधिवेशनलाई देशले हेरिरहेकाले परिपक्वता देखाउनुपर्ने बताए ।
‘कसै न कसैले जिम्मेवारी सम्हाल्नुपर्छ, पार्टीको एकता खदिलो पार्ने कुरामा प्रतिकूल प्रभाव गर्ने काम नगरौं । फेरि पनि पालो आउँछ । अहिले नभए अर्को समय आउला, हतारोका साथ ...