काठमाडौं, जेठ २४ । नुवाकोटस्थित सिसडोलका स्थानीयले पुनः काठमाडौंबाट डम्पिङका लागि गएका फोहोर बोकेका गाडी रोकेका छन् । आईतबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच फोहोर उठाउने सहमति भएको थियो । तर, सिसडोलका स्थानीयले भने काठमाडौंमा भएको सहमति नमान्ने भन्दै आज विहानैदेखि फोहर बोकेका गाडी बाटौमै रोकेका हुन् […]