सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबीसहित उनले सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूक

सम्बन्धित सामग्री

सिटामोललगायतका अत्यावश्यक औषधि सहज उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारको नाममा अल्पकालीन अन्तरिक आदेश जारी भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

नागरिकलाई सिटामोल तत्काल उपलब्ध गराउन सरकारलाई सर्वाेच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन भन्दै सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलवार उक्त आदेश जारी गरेको हो ।  टीकाबहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ भएको थियो ।  सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको प्रवक्ता बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए ।