सहकारी अनुदान कार्यक्रम अन्योलमा

काठमाडौं । उत्पादकत्व बढाउन र उद्यमशीलता विकास गर्न भन्दै शुरू गरिएको सहकारी संस्थालाई अनुदान दिने कार्यक्रम अन्योलमा परेको छ । संघीय सरकारले बजेट कटौती गरेपछि गतवर्षदेखि अनुदान दिने कार्यक्रम रोकिएको छ । चालू आर्थिक वर्ष (आव) मा पनि अनुदानका लागि स्रोतको व्यवस्थापन नभएको सहकारी विभागले जानकारी दिएको छ । विभागले गत आवमा अनुदान वितरणका लागि आवेदन संकलन गरेको थियो । आर्थिक गतिविधिमा आएको संकुचनसँगै सरकारको आम्दानी घटेपछि बजेट कटौती गर्दा अनुदान काटिएको हो ।  विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायका अनुसार गतवर्ष ३ सय ओटा संघसंस्थाले अनुदानका लागि आवेदन दिएका थिए । ‘हामीले अनुदान वितरणका लागि सबै तयारी गरिसकेपछि अनुदान रकम कटौती भयो,’ उनले भने, ‘चालू आवमा बजेट व्यवस्थापन भएको खण्डमा ती संस्थाको आवेदन पनि मूल्यांकनमा समावेश गर्ने हाम्रो योजना छ ।’ विभागले गत पुसमा सूचना जारी गरी सहकारी संघसंस्थाले सदस्यको उत्पादन सञ्चय, प्रशोधन तथा बजारीकरण गर्न, उत्पादनमूलक औद्योगिक वा व्यावसायिक आयोजना एवं सदस्य केन्द्रित अत्यावश्यक उपभोग्य वस्तुको सहकारी उपभोक्ता भण्डार सञ्चालनका लागि जग्गाबाहेक पूँजीगत निर्माण खरीदका लागि पूँजीगत अनुदान माग्न सक्ने भन्दै प्रस्ताव आह्वान गरेको थियो । यस्तै विभागले श्रमिक, कृषक कालिगढ न्यून आय भएका सीमान्तकृत समुदायले सञ्चालन गरेका र उत्पादनमूलक सहकारी, कृषिजन्य उत्पादनमूलक उद्योग स्थापना गर्न सहकारीलाई चुक्ता पूँजीको निश्चित प्रतिशत अनुदान र उत्पादनमा आधारित नमूना सहकारी प्रवर्द्धन प्रोत्साहन तथा विकास कार्यका लागि पनि अनुदान दिने विभागको योजना थियो । संघीयता कार्यान्वयनसँगै अधिकांश सहकारी प्रदेश र स्थानीय सरकारमातहत गएपछि संघीय सरकारको कम प्राथमिकता छ । स्थानीय र प्रदेशले पनि सहकारीहरूलाई अनुदान दिने गरेका छन् ।  सरकार र सहकारीको साझेदारीमा उत्पादन तथा प्रशोधनका उद्योग सञ्चालन र व्यावसायिक कृषि फार्म सञ्चालन गर्न सरकारले कृषि, पशुपालन, माछापालन, चिया, कफीलगायत क्षेत्रमा समेत अनुदान दिने गरेको छ । दोहोरो अनुदान नपरोस् भनेर सरकारले स्थानीय तथा प्रदेशसँगको सहकार्यमा मात्र सहकारी संघसंस्थालाई व्यावसायिक कामका लागि अनुदान दिन थालेको छ । सहकारी विभागमा अनुदानका लागि प्रस्ताव पेश गर्ने संघसंस्थाले आफ्नो कार्यक्षेत्रका आधारमा नियामक निकायबाट सिफारिशसमेत पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार स्थानीय तहभित्र रहेका सहकारीले स्थानीय सरकारबाट र प्रदेश सरकारअन्तर्गत रहेका सहकारीले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट समेत सिफारिश लिनुपर्ने व्यवस्था छ ।  सरकार र सहकारीको साझेदारीमा उत्पादन तथा प्रशोधनका उद्योग सञ्चालन र व्यावसायिक कृषि फार्म सञ्चालन गर्न सरकारले कृषि, पशुपालन, माछापालन, चिया, कफीलगायत क्षेत्रमा समेत अनुदान दिने गरेको छ । तर, यस्तो अनुदान सदुयोग भए/नभएको विषयमा सरकारलाई न जानकारी छ कुनै तथ्यांक ।

सम्बन्धित सामग्री

विदेश पलायन रोक्न दूधमा अनुदान

गल्याङ (स्याङ्जा), १ चैत । किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो । नगरपालिकाका प्रमुख कृष्ण खाणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन […]

कर्णाली प्रदेश सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने

सुर्खेत - कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १७ प्रकारका अनुदान दिन लागेको हो ।  अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ।  ...

कृषि ब्याज अनुदान कार्यक्रमको प्रगति न्यून

सुर्खेत– कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जामा ब्याज अनुदान कार्यक्रमको वित्तीय प्रगति कमजोर देखिएको छ । कार्यक्रम सुरु भएको तीन आर्थिक वर्षमा ब्याज अनुदानका लागि प्रदेश सरकारले विनियोजन गरेको खर्च न्यून देखिएको छ । विगत तीन आर्थिक वर्षमा ब्याज अनुदानका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरेको थियो । […]

खानीखोलाका किसानलाई कफी खेतीमा अनुदान

२४ वैशाख, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरूवातमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै […]

मेयरकी पत्नी र निकटकालाई बाख्रापालन अनुदान

२९ माघ, धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर पोतीलाल चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भेटेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रमको ३० लाख रुपैयाँ अनुदान मेयर […]

१४५ कृषकलाई ८१ लाख अनुदान

कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन सुरु गरेको छ । गण्डकी प्रदेशकोअन्तर्गत बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८/७९ स्वीकृत गरेको अनुदानमध्ये २३ कृषकका फार्मलाई क्षेत्रफलका आधारमा अनुदान स्वीकृत गरेको छ ।केन्द्रले क्षेत्रफलका आधारमा अनुदानसँगै कृषिमा यान्त्रिकीकरण, रैथाने बाली प्रवद्र्धन, स्थानीय कृषि उपज सङ्कलन केन्द्र (हाटबजार), फलफूल बगैँचा सुधार, साना सिँचाइ कार्यक्रम र फलफूल नर्सरी स्थापनाका लागि १४५ कृषक, फार्म, सहकारी तथा समू

सुदूरपश्चिममा राजनीतिक पहुँच भएका सहकारीलाई मात्र अनुदान

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीको धनगढीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष छाया देवकोटा भजनी नगरपालिकाकी उपमेयर पनि हुन्। उनको सहकारीले कृषि मन्त्रालयबाट ९ लाख ५० हजार अनुदान लिएको छ। गत आर्थिक वर्षमा सहकारी पूर्वाधार विकास कार्यक्रमबाट अनुदान दिइएको हो। उनले भनिन्, ‘भवन निर्माणको अनुदानको कार्यक्रम हो।’देवकोटाले मात्र नभएर प्रदेशमा राजनीतिक पहुँच तथा हिमचिम भएका सहकारीले मात्र अनुदान पाएको आरोप लागेको छ।सुदूरपश्चिमको भूमि व्यवस्

बचत तथा ऋण सहकारीलाई कृषिको एक करोड अनुदान

२७ असार, रंगेली (मोरङ) । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफैंले बनाएको कार्यविधि विपरीत बचत तथा ऋण सहकारीलाई कृषिको एक करोड रुपैयाँ अनुदान दिएको छ । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत पशुपालनका लागि रंगेली नगरपालिका–७ स्थित ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई एक करोड रुपैयाँ अनुदान दिएको […]

भीमसेनका किसानलाई अनुदान रकमसहित कृषि सामग्री वितरण

गोरखाको भीमसेन थापा गाउँपालिकाले किसानलाई अनुदान रकम तथा कृषि सामग्री वितरण गरेको छ । चालू आर्थिक बर्षको कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालय परिसरमा सोमबार उत्कृष्ट कोदो उत्पादक किसानलाई अनुदान रकम र कोदो कुट्ने मेसिन तथा कृषि सहकारी तथा संस्थालाई हातेटयाक्टर वितरण गरिएको हो । वार्षिक रूपमा १० मुरीभन्दा धेरै कोदो उत्पादन गर्ने ४० किसानलाई जनही ५ […]