जिल्लालाई पूर्ण सरसफाइ बनाउने गरी सञ्चालन गरिएको अभियान अहिले ठप्पजस्तै भएको छ ।
बजारी क्षेत्रमा सरसफाइ अभियान सञ्चालन भए पनि गाउँमा सरसफाइ अभियान सञ्चालन हुन सकेका छैनन् । गाउँमा खुल्ला दिसामुक्त अभियानको समयमा निर्माण गरिएका शौचालयसमेत भत्कन थालेका छन् ।