पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित बन्न थालेपछि अभियान थालिएको हो ।तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नदिन र जलचरको संरक्षणका लागि नागरिक स्तरबाट सरसफाइ अभियान थालिएको अभियान्ताहरुको भनाइ रहेको छ । मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तिनाउ नदीमा सफाइ गरेर अभि