कोभिड महामारीले अर्थतन्त्र धराशायी भइरहेको अवस्थामा पनि गत आर्थिक वर्षमा बैंकहरूको नाफा २० प्रतिशत बढेको छ । यो अवधिमा बैंकको प्राथमिक आयको स्रोत ब्याज आम्दानी धेरै रहेकाले नाफा बढेको भने होइन । सेयर बजारबाट राम्रो कमाइ भएको र अघिल्लो वर्षभन्दा कम मात्र नोक्सानी व्यवस्था गर्नुपरेकाले नाफा वृद्धिदर राम्रो देखिएको हो ।