विराटनगर : संघमा फेरिएको राजनीतिक समीकरणको प्रभावले यतिवेला प्रदेश सरकारमा हलचल ल्याएको छ। सरकार ढाल्ने र जोगाउने पासोमा परेको केन्द्रदेखि प्रदेशको राजनीतिक अवस्थाले कोशी प्रदेशमा कस्तो धक्का पर्छ भन्ने विषय अन्योल नै छ। किनभने कोशी प्रदेशमा सरकार निर्माणका लागि संविधानमा उल्लेख सबै विकल्प प्रयोग भइसकेको छ। त्यसैले पनि केन्द्रमा बदलिएको राजनीतिक समीकरण अनुसार यहाँ कस्तो असर पर्ने हो ? भन्ने प्रश्न उब्जिएको छ। कोशी प्रदेशसभामा कुनै पनि दलको प्रत्यक्ष बहुमत छैन। त्यसैले गर्दा