काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलाप्रति असन्तुष्टी जनाएका छन्। “८ दशकदेखि दलीय प्रणाली र संसदीय व्यवस्थाका लागि लडेका दलहरु सत्ता संघर्षमा अन्धोभएर निर्दलियताका पक्षमा भएको फैसलालाई स्वागत गर्ने ठाउँमा पुगेको देख्दा दुःख लाग्ने रहेछ। आजको सर्वोच्चको फैसलाले नेपालको लोकतन्त्रको मर्ममा गहिरो प्रहार गरेको छ,” उनले ट्वीटरमार्फत भनेका छन्।