नेसनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ। बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित नेपाल बीमा...

सम्बन्धित सामग्री

नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धद्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पुर्‍याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरूप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका […]

भक्तपुरमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न

भक्तपुर । सन नेपाल लाइफ इन्स्योरेन्स सूर्यविनायक शाखाले पाँचौ वार्षिकोत्सवको अवसरमा बिहीबार सूर्यविनायक चोकमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत हाल रगतको चरम अभावलाई मध्यनजर गर्दै शाखाले रक्तदान कार्यक्रम गरेकाे हाे । रक्तदान कार्यक्रम ४६ जनाले रक्तदान गरेको सूर्यविनायक प्रबन्धक भुवन के.सी.ले जानकारी दिनुभयो । साेही कार्यक्रममा प्रबन्धक […]

युनियन लाइफ इन्स्योरेन्सद्धारा प्रहरीहरुलाई बीमा सम्बन्धि सचेतना प्रदान

तनहुँ, साउन ३१ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश मातहतको दुलेगौंडा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । गण्डकी प्रदेश दङ्ग नियन्त्रण प्रहरी गण ढोरफिर्दी तनहुँमा बीमा को महत्व र फाइदा बारे जनस्तर हुँदै रास्ट्रसेवकसम्म पनि पुगोस बन्ने हेतुले उक्त कार्यक्रम सम्पन्न गरिएको हो । दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलाको सभापतित्वमा सम्पन्न […]

मेटलाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

मेटलाइफले विभिन्न जिल्लाका ६ स्थानमा जीवन बीमाबारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्ज, टीकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा सचेतना कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी ६०० जनाले बिभिन्न बीमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए । यसखाले कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने मेटलाइफको भनाइ छ ।

बीमामा अनुदानको ब्यबस्था गर्न सुदूरपश्चिम सरकारसँग अध्यक्ष सिलवालको आग्रह

बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बीमा बारेका फरक फरक बुझाईमा एकरूपता कायम गर्न बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालले विभिन्न प्रकोपका कारण हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक नोक्सानी कम गर्नका लागि सरकारले नै अनुदान दिएर बीमा गर्ने व्यवस्था गर्नुपर्ने बताए ।प्रमुख सचिव दंगालले बीमा समितिको प्रादेशिक कार्यालय र प्रदेश सरकारबीच आपसी समन्वयका लागि नीति बनाउनुपर्ने उल्लेख गर्दै बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेतृत्व लिन प्रदेस सरकार तत्पर रहेको बताए ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकार जनताको नजिकको सरकार भएकाले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमाको पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्न प्रदेश सरकारले सम्पर्क व्यक्ति तोक्नु्पर्ने र प्रदेश बीमा नीति समेत बनाउनुपर्ने बताए ।उनले बीमा समितिले समितिको प्रादेशिक कार्यालयलाई अधिकार सम्पन्न बनाउने जानकारी दिदै बीमा कम्पनीहरूलार्इं पनि आ–आफ्ना शाखा कार्यालयहरूलाई अधिकार प्रत्योजन गर्न आग्रह गरे  ।कार्यक्रममा बीमा सम्बन्धी जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्दै बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउन जोड दिँदै आएको र बीमा कम्पनीहरुमा सुशासन कायम गर्न नियमनलाई सघनरुपमा अगाडि बढाइएको जानकारी दिए ।उनले प्रदेश सरकारहरूसँगको समन्वयमा बीमा समितिले नीति निर्माण र  निर्देशनहरू तयार गरी सोही अनुसार कार्यान्वयनमा लैजाने उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहहरुमा बीमा सचेतना कार्यक्रम संचालन गर्दै आएको बताए ।कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानी दिन ढिलाई गर्ने गरेको, बीमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको, माछा बीमा गर्न समस्या देखिएको, ग्रामीण क्षेत्रका विपन्न बर्ग बीमा बारे बेखबर रहेको लगायतका धारणा राखेका थिए ।अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र प्रदेश मन्त्रालयका सचिवहरु, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कैलालीका प्रमुख जिल्ला अधिकारी, बीमा कम्पनीहरु मेट लाइफ र नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको बीमा समितिले जनाएको छ।