प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । ५ महिला र १२ पुरुष गरी १७ जनाको विभिन्न कोराना विशेष अस्पतालमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार मोरङमा ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ । यस्तै झापामा २, सुनसरीमा ३, भोजपुरमा १, उदयपुरमा १ र अन्य १ गरी १७ जनाको मृत्यु भएको हो ।विपी प्रतिष्ठान धरामा ३, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर मोरङमा ७, नोबेल मेडिकल कलेजमा २, विराट मेडिकल कले