नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । […]
स्वास्थ्य सेवा कार्यालय मुगुले मुगुको राराछायाँनाथ नगरपालिकाको एक वडामा भाइरल एन्फ्लुएन्जाका कारण पाँचजनाको मृत्यु भएको भन्ने खबर भ्रमपूर्ण रहेको जनाएको छ ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तत्कालीन उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। शुक्रबार बिहान उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। प्रचण्डले उनलाई खादा ओढाएर स्वागत गरेका छन् भने पार्टी स्रोतका अनुसार डा. परियारलाई केन्द्रीय सदस्यको जिम्मेवारी […]