८ मंसिर, काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो […]
बुटवल - रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष पदमा राप्रपा को उम्मेदवारले ७८ मत प्राप्त गरेका छन भने जसपाले ४९ मत प्राप्त गरेको छ ।
यस्तै नेपाल...
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् । अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन् ।