काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्र समक्ष आह्वान गरेका छन्। नेपाल उद्योग वाणिज्य महा संघको ५६ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य […]