गाजियावाद वर्षातपछि एक निर्माणधीन भवनको छत खसेपछि कम्तिमा ८ जनाको मृत्यु भएको छ । कैयौं भित्र फसेको बताइएको छ ।
वर्षातपछि गाजियावादको मुरादनगरमा निर्माणधीन छत खसेको हो ।
कम्तिमा १० देखि १५ मानिस घरभित्र फसेको आशंका गरिएको छ । ताजा अपडेट अनुसार अहिलेसम्म ८ जनाको घटनास्थलमै मृत्यु भइसकेको छ ।
अन्य घाइतेको अवस्था पनि गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घाटमा अन्तिम संस्कारका लागि मानिसहरु त्यहाँ पुगेका थिए । वर्षा धेरै भएपछि ओत लाग्न मानिसहरु मसानघाट नजिकैको निर्माणधीन घरभित्र पस...