मोती जयन्ती कविता लेखन तथा वाचन कार्यशाला

नेशनल प्याब्सनले मोती जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना गर्ने भएको छ । नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेशनल प्याब्सन नागार्जुनको समन्वयमा काठमाडौं जिल्लाव्यापी १ सय विद्यालयका ३ सय विद्यार्थीहरूबीच भर्चुअल माध्यमबाट नवौं कविता लेखन तथा वाचन कार्यक्रम हुने भएको हो ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले कविता लेखन तथा वाचनबारे जानकारी दिएको हो । नेशनल प्याब्सन नागर्जुनका अध्यक्ष शिबराज गिरीले भदौ ११ र १२ हुने प्रतियोगिताका लागि आवश्यक सम्पुर्ण तयारी भइरहेक

सम्बन्धित सामग्री

‘मोतीराम भट्टको जतिसुकै सम्मान गरे पनि कम हुन्छ’

आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन । तत्कालीन समयमा नेपालकै दरबारभित्र हिन्दी, उर्दूका नाटकहरूको बोलबाला हुँदा नेपाली भाषामा शकुन्तला, प्रियदर्शिका र पद्मावती जस्ता नेपाली नाटक मोतीरामले लेखेका थिए । उनकै प्रयासले दरबारभित्र नेपाली भाषाको नाटकले प्रवेश पाएको देखिन्छ । मोतीरामकै प्रयासबाट नेपालीमा गजल लेखन प्रारम्भ भयो ।विसं १९२३ कुशेऔँसीका दिन (भदौ २५