जेठ २५, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ७८ प्रतिशतले कमि आएको छ । गत आवमा रू. ४२ लाख ४६ हजार नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ९ लाख ११ हजारमा सीमित भएको हो ।
चालू आवमा कम्पनीको अन्य आम्दानीमा कमि आएकाले नाफा घटेको हो । अन्य आम्दानी गत आवको तुलनामा चालू आवमा ८१ प्रतिशतले कमि आएको छ ।
गत आवमा कम्पनीको आम्दानी रू. ५५ लाख ६ हजार ८३० रहेकोमा चालू आवमा रू. १० लाख २८ हजार ५१८ मा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । जगेडा भने रू. ७५ लाख ५५ हजार ऋाणात्मक रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ०९ र प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव २४ रहेको छ । कम्पनीले नयाँ जलविद्युत् आयोजनाहरु निर्माण गर्ने पूर्व तयारी भएको वित्तीय विवरणमा उल्लेख गरेको छ ।