राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन् ।उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने बताए । ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उनले बताए । उनले राप्रपाले मुलुकलाई सञ्चालन