खाडीचौर-चरिकोट सडक ६ वर्षदेखि अलपत्र रहेको भन्दै थालियो आन्दोलन, वडाध्यक्ष पनि सहभागी

दोलखालाई काठमाडौंसँग जोड्ने प्रमुख ‘लाइफलाइन’ खाडीचौर-चरिकोट सडकखण्ड ६ वर्षदेखि अलपत्र रहेको भन्दै आन्दोलन थालिएको छ ।  आन्दोलनका लागि ५०१ सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको । समितिमा भीमेश्वर नगरपालिका–६, ३, ७, ८ र ९ नम्बरका वडाध्यक्षहरू पनि सहभागी छन् ।  आन्दोलनका कार्यक्रमअन्तर्गत मंसिर ४ गते सांसदहरूसँग आन्दोलनका विषयमा छलफल गर्ने र सांसदहरूलाई सडकको समस्या नसुल्झाई जिल्ला नफर्किन आग्रह गर्ने, ५ गते वडा र वस्तीसम्मै संघर्ष समिति गठन गरिने र ६ गते थप संघर्षका कार्यक्रम गर्ने निर्णय गरि...

सम्बन्धित सामग्री

जब जनप्रतिनिधिले सडकमै कार्यालय चलाए !

काठमाण्डाै – भक्तपुरको चाँगुनारायण नगरपालिका–६ कार्यालयले सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामासहित वडा सदस्यहरु हरिप्रसाद लामिछाने, आरती लामा, सोनु विश्वकर्मा, वीरमान तामाङले हिजो सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर त्यहीँबाटै नागरिकलाई सेवा दिनु भएको हो । भक्तपुर नगरकोट सडक विस्तारका नाममा ८ वर्षदेखि अलपत्र छ ।आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडा...

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरेका हुन् ।विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा […]

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

भक्तपुर।  चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गरे । विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी […]

सडक नबनेपछि जब वडाध्यक्ष लामाले सडकमै कार्यालय चलाए

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरेका हुन ।  आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती...

रेलेखोला जलविद्युत् आयोजनाको प्रारम्भिक चरणको काम शुरू

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण शुरू भएको छ । ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण शुरू गरेको हो । आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम शुरू गरेको बताए । ‘आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ,’ उनले भने, ‘बाँध, विद्युत्गृह र पाइपलाइन निर्माण एकैसाथ अघि बढाएका छौं ।’ नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ । २०७५ सालदेखि शुरू भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए । ‘छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्स्क्याभेटर र मजदूर परिचालन गरेर सडक बनाउन धेरै समय लाग्यो,’ उनले भने, ‘ग्याबिन र मेशिनरी पर्खाल लगाएर सडक स्तरोन्नति काम जारी राख्दै सिभिल निर्माण अघि बढाएका हौं ।’ रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोवास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालसँग जोडिएको छ । यसअघि स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रू. १ करोडभन्दा बढी खर्च गरे पनि बँेशीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो । ‘हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनांै,’ लेकगाउँका श्याम पुर्जाले भने, ‘आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।’ बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ । नारच्याङको बेँशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि पहुँचमार्ग निर्माण शुरू गरेको थियो । खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलविद्युत् आयोजनाको इन्टेक नजिकै हरिस्वारामा विद्युत् गृह निर्माण गर्न ८० रोपनी जग्गा व्यवस्थापन भएको छ । सुरुङ र नहरको विकल्पमा बाँधदेखि चार किलोमिटर मुख्य पाइपलाइनबाट पानी ल्याइने भएको छ । १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ । प्रतिमेगावाट २० करोडको लागत अनुमान गरिएको रेलेखोला आयोजनामा बैंकको लगानी पनि जुटेको छ । कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्ने योजना छ । नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । नीलगिरि हाइड्रोपावरले ११० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस

जयवागेश्वरीको आकाशेपुल अलपत्र

काठमाडौं, ९ भदौ । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण सुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ । पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशेपुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दीनेशकुमार डङ्गोलले राससलाई जानकारी […]

१२ लाख बजेट तोकिएको जयबागेश्वरीको आकाशेपुल निर्माण एक वर्षदेखि अलपत्र

भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ । महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दि...