टर्की र सिरियामा भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिए रहेका ६ जना मानिसको १ सय १ घण्टापछि जीवीत उद्धार गरिएको छ । शुक्रबार अर्थात् भूकम्प गएको पाँचौं दिनमा टर्कीको दक्षिणी क्षेत्र हतायाको इस्केन्देरनस्थित भत्किएको भवनभित्रबाट एकै परिवारका ६ जनालाई उद्धार गरिएको हो ।