बागमती प्रदेश सरकारले कृषि औजार र रासायनिक मल कारखाना स्थापनामा चासो देखाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि औजार र रासायनिक मल कारखाना स्थापनाका लागि उपयुक्त जग्गाको खोजीको क्रममा आइतबार हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेसँगै रासायनिक मल कारखाना स्थापनामा लगानी गर्न इच्छुक थाइल्यान्डका लगानीकर्तासहितको टोली सहभागी रहेको थियो ।