कलैया उपमहानगरमा एमालेका साहको अग्रता

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा २ हजार ७४७ मतले अगाडि देखिएका छन् । साहले ७ हजार ३०० मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ४ हजार ५५३ मत ल्याएका छन् ।त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ५ हजार ६६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रौशन परविनले ४ हजार ७९९ मत ल्याएकी छिन् ।

सम्बन्धित सामग्री

कलैया उपमहानगरपालिकामा एमाले विजयी

बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई पराजित गर्दे उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका हुन्...

कलैया उपमहानगरमा गठबन्धन पछि

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले गठबन्धनका उम्मेदवार राजेश राय यादवलाई ५ हजार ६४१ मत पछि पारेका छन् । एमाले उम्मेदवार साहले २१ हजार ८२७ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार यादवले १६ हजार १८६ मत ल्याएका छन् । उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार प्रमोद गुप्तालाई पछि पार्दै एमालेकी उम्मेदवार रौशन परविन ६०७ मतले अग्रता कायम गरेकी छिन् । एमालेकी उम्मेदवार परविनले १७ हजार १५३ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले १६ हजार ५४६ मत ल्याएक

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले ३ हजार ७६१ मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार राजेश राय यादवले २ हजार १८७ मत ल्याएका हुन् । त्यस्तैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले २ हजार ८५१ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार रौशन परविनले २ हजार २३४ मत ल्याएकी छन् । उपमहानगर प्रमुखमा गठबन्धनलाई उछिन्दै १ हजार ५७४ मतले एमालेका साह अगाडी छन् भने उपप्रमुखमा गठबन्धनका उम्मेदवार गुप्ता ६१७ मतले

बाराको कलैया उपमहानगरपालिकामा एमालेको अग्रता

काठमाण्डाै - बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता बनाएको छ। पछिल्लो मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार विनोद साहले एक हजार दुई सय ९५ मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजेश राय यादवले सात सय १७ मत ल्याउनु भएको छ। यस्तै उपमेयरमा एमालेका रौशन प्रविन एक हजार १८ मतसहित अगाडि हुनुहुन्छ । जसपाका प्रमोद गुप्ताले सात सय ४० मत ल्याउनु भएको छ।

कलैया उपमहानगरमा गठबन्धनलाई एमालेले उछिन्यो

काठमाडौँ । कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार विनोद साह अगाडी देखिएका छन् । उपमहानगरको वडा नम्बर १ र २ मा भइरहेको मतगणनामा एमालेका उम्मेदवार विनोद साहले एक हजार १७७ मत ल्याएका छन् भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ […]

कलैया उपमहानगरमा एमालेको सुरुवाती अग्रता

वीरगंज : बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले सुरुवाती अग्रता लिएको छ। कलैया उपमहानगरमा १ सय मत गणना गर्दा नगर प्रमुखमा एमालेका विनोद प्रसाद साहको ५१ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले २९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश साह तेलीले ४ मत ल्याएका छन्। त्यस्तै,…

कलैया उपमहानगरको मेयरमा एमालेका साहको अग्रता

३० वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विनोद साहले अग्रता लिएका छन् । १०० मतगणना हुँदा साहले ५१ मतका साथ अग्रता लिएका हुन् । मेयरमा नेपाली कांग्रेसका राजेश राय यादवले २९ मत ल्याएर साहलाई पच्छ्याइरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का जयप्रकाश साहले ४ मत ल्याएका छन् । उपमेयरमा पनि […]

कलैया उपमहानगरपालिकाको मतगणना सुरु

३० वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो । कुल ७० हजार ३५६ जना मतदाता रहेको कलैया उपमहानगरपालिकामा ५५ हजार २५८ (७८ ७८.५) मत खसेको छ । कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद प्रसाद साह, नपाली कांग्रेसका राजेशराय यादव, लोकतान्त्रिक […]

कलैया उपमहानगरपालिका: गठबन्धन भर्सेस एमाले

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकामा सत्तारुढ र एमालेका उम्मेदवारहरुबीच मूख्य प्रतिस्प्रर्धा रहेको छ।...

कलैया-९ का वडाध्यक्ष अन्सारी एमालेमा प्रवेश

२५ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् । बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन् । आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी […]