काठमाडौं– रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । […]