किभ । युक्रेनको राजधानी किभमा बिहीबार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्रबाट एक युक्रेनी महिला पत्रकारको मृत्यु भएको छ । आक्रमणमा अमेरिकी लगानीमा सञ्चालित युक्रेनको रेडियो लिबर्टीकी ५५ वर्षीया पत्रकार भिरा हिरिचको ज्यान गएको हो ।
रुसले बिहीबार प्रहार गरेको दुईमध्ये एक क्षेप्यास्त्र पत्रकार भिराको घरमा खसेको थियो । उनको शव भग्नावशेषबाट निकालिएको हो ।
रेडियो स्टेसनकाअनुसार...