कनकासुन्दरी गाउँपालिका–२ का जंगबहादुर रोकाया दस बर्ष अघिको कर्णालीको स्वास्थ्य अवस्था सम्झिँदा निकै भक्कानिन्छन् । कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैँले सेवा लिएका छन् भने औषधि अभावले सामान्य बिरामीले समेत अकालमा ज्यान गुमाएको देखेका छन् ।