नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा विभागीय नेपाली सेनाका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । यसैगरी आयोजक गण्डकी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ ।नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र सेनाको टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाए ।पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको खेलमा टिम इभेन्ट विधाको पुरुष एकल विधामा गण्डकीका खड