बुटवलको मतगणनास्थलमै पौडेल पक्षका उम्मेदवार कुटिए (भिडियो)

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ। सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा  विवाद भएपछि  मंगलबार साँझ कुटाकुट भएको  हो । घटनापछि मतगणना स्थलमा तनावको अवस्था रहेको छ । मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् । देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ। नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले के

सम्बन्धित सामग्री

रुपन्देही–२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

बुटवल– नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेदवार कुटिएका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेदवार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते […]

रुपन्देहीमा देउवा पक्षबाट पौडेल पक्षका नेता कुटिए

४ मंसिर,बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् । प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते भएका हुन् । उनको नाकको हड्डी फ्याक्चर भएको […]